तपाईँ सुन्दै हुनुहुन्छः

 प्रहरीमा  जागिर लगाई दिने भन्दै लाखौँ  ठगि गर्ने  वैठा पक्राउ

वीरगन्ज । ठगी गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ का सदस्य रामबाबू बैठालाई आज प्रहरीले पक्राउ गरेको छ ।

असईमा जागिर लगाइदिने भन्दै बिभिन्न व्यक्तिहरुसँग लाखौं ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका बैठा लामो समयपछि पक्राउ परेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।

सोही मुद्दाका आरोपित कालिकामाई गाउँपालिका भेडियाही निवासी सुनिल चौरसिया पक्राउपछि पाँच लाख धरौटी बुझाई रिहा भएका थिए भने बैठा फरार हुँदै आएका थिए ।

रौतहट, मौलापुर नपा–७ निवासी प्रदीप साहसँग दुईपटक गरी चौरसिया र बैठाले पाँच लाख आइएमईमार्पmत लिएको प्रमाणको आधारमा पीडित साहले उजूरी दर्ता गराएका थिए । उजूरीको आधारमा चौरसियालाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा पेश गरिएको र अदालतलले धरौटीमा रिहा गरेको थियो ।

बैठा भने फरार रहेका थिए । गोप्य सूचनाको आधारमा पोखरिया नगरपालिका वनकटवा निवासी बैठालाई प्रहरीले आज वीरगंजबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार बैठाले दर्जनौं व्यक्तिसँग प्रहरीमा भर्ना लगाउने बहानामा रकम असूली गरेको र ती व्यक्तिहरु सम्पर्कमा आएको भए पनि उजूरी भने नदिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button