तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रको विकास एवं सुधारका लागि सरकार कटिबद्ध : मन्त्री ढकाल

फाइल तस्बिर

धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा सुधार देखिने गरी सरकारी तरवरबाट काम अघि बढिरहेको बताउनुभयो ।

कैलालीको गोदावरी नगरपालिका ६ श्रीपुरमा आज लक्ष्मीनारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गर्दै मन्त्री ढकालले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको बिकास एवं सुधारका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।

मन्त्री ढकालले कुष्ठरोग तथा क्षयरोग निवारण गर्ने सरकारी अभियानमा रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बेल्जियमकी अधिराजकुमारी एस्ट्रिड, प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

मानव संशोधन विकास प्रतिष्ठान तथा डेमिन फाउन्डेसनको सहयोगमा उक्त केन्द्रको स्थापना गरिएको हो । केन्द्रको स्थापनापछि क्षयरोगका बिरामीको उपचारमा सहजता हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button