तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनो भाइरसबाट संक्रमण हुनेको संख्या एकहप्ताभित्र ३ गुणाले बढेको चीनद्धारा पुष्टि

काठमाडौं । हालै चीनमा देखिएको नयाँ कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या तीन गुणाले बढेको छ ।

कोरोना भाइरस देखापरेको एक हप्ताभित्रै चीनको युहान सहरदेखि राजधानी बेइजिङलगायत अन्य मुख्य सहरहरुसम्म फैलिएको खबर छ ।

कोरोनो भाइरस संक्रमण भएपछि स्वासप्रस्वासमा समस्या हुने यस रोगबाट युहान सरहमामात्रै १ सय ३० जना संक्रमित भएको चीनले पुष्टि गरेको छ ।

यस संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । यसैबीच, दक्षिण कोरिया, थाइल्याण्ड र जापानमा पनि कोरोनो भाइस संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button