तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा मंगलबारदेखि एकीकृत जाँच चौकी सञ्चालन हुने

विराटनगर । नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी)–को निर्माण सम्पन्न भै मङ्गलबारबाट सञ्चालनमा आउने भएको छ ।

नेपालको विराटनगर–१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुबै मुलुकका प्रधानमन्त्रीले डिजिटल माध्यमबाट आइसिपीको उदघाटन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि विराटनगर आइसिपीमा भएको पर्दाको अनावरण भै उदघाटन सम्पन्न हुने व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।

उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गर्नुहुनेछ भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गर्नु हुनेछ ।

नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आइसिपीको स्वामित्व ग्रहण गरी सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button