तपाईँ सुन्दै हुनुहुन्छः

विग ब्यासः विकेट लिनेमा लामिछाने पाचौं स्थानमा

काठमाडौं । अस्ट्रेलियामा जारी विग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् ।

अहिलेसम्म १२ मध्य एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्याएका छन् । दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक पाँचौं स्थानमा पुगेका हुन् ।

जारी लिगमा सर्वाधिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button