तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरुको चित्रकला प्रदर्शनी शुरु

देशभरका बालबालिकाहरुको चित्रकला प्रदर्शनी आज देखि काठमाडौंमा सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र युनेस्कोका निमित्त, नेपाल राष्ट्रिय आयोग काठमाण्डौको आयोजनामा सुरु भएको दुई दिने चित्रकला प्रर्दशनीमा देशभरका बालबालिकाबाट ८ बालबालिकाको उत्कृष्ट चित्रकला छनौटमा परेका छन् ।

एशियाका २४ देशका बालबालिकाहरुको चित्रकलाको कुशलता फैलाउने उदेश्यले आयोजित मित्सुबिसी एसियाली बाल चित्र डायरी महोत्सवमा नेपालबाट छनौटमा परेका उत्कृष्ट आठ बाल चित्र जापान पठाइने आयोजक नेपाल राष्ट्रिय आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button