तपाईँ सुन्दै हुनुहुन्छः

ट्रम्पमाथिको महाअभियोगको सुनुवाई आज

एजेन्सीअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको तल्लो सदनले आफु माथी लगाएको महाअभियोग उल्टाउँदै खारेज गर्न माग गर्नुभएको छ ।

डेमोक्राटिक पार्टीकोे बहुमत रहेको तल्लो सदनले ट्रम्पमाथि लगाएको मआअभियोग उल्ट्याउन रिपब्लिक पार्टीको बहुमत रहेको माथिल्लो सदन सेनेट समक्ष ट्रम्पले माग गर्नु भएको हो ।

राष्ट्रपति ट्रम्पका वकिलहरुको टोलीले पेश गरेको एक विज्ञप्तीले उक्त महाअभियोग अमेरिकी संविधानको विकृत स्वरुप भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प माथीको महाअभियोगको सुनुवाई संसदको माथिल्लो सदन सेनेटमा आज दिउँसो हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button