तपाईँ सुन्दै हुनुहुन्छः

आज सभामुख पदका लागि उम्मेद्वारी दर्ता

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पद पूर्तीका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ ।

आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

सङ्घीय संसद् सचिवालयका अनुशार आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन भने यही माघ १२ गतेका दिन हुने छ ।

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको हो ।

उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह तीन बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button