तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलंकाको गृहयुद्धमामा बेपत्ता भनिएका २० हजारको मृत्यु भइसकेको खुलासा

ऐजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबया राजपक्षले विगतको २६ वर्षे गृहयुद्धमा वेपत्ता भएका २० हजार मानिसको मृत्यु भइसकेको खुलासा गर्नु भएको छ ।

वेपत्ता भएकाहरुबारे पहिलो पटक स्पष्ट धारणा राख्दै राष्ट्रपति राजपक्षले कोलम्बोमा राष्ट्रसंघीय दूतसँगको भेटवार्तामा यस्तो खुलासा गर्नु भएको हो ।

साथै राष्ट्रपति कार्यालयले एक विज्ञप्ती मार्फत वेपत्ता भएकाहरु मृतक भएको प्रमाणपत्र जारी गरीने उल्लेख गरेको छ ।
वेपत्ता भएका परिवारका कतिपय सदस्यहरु अझै पनि सुरक्षकर्मीको हिरासतमा रहेको विश्वास गरीरहेका छन् भने सरकारले उनीहरुको अनुमान सही नभएको बताउदै आएको छ ।

पीडित परिवारका सदस्य र आफन्तजन अझै पनि दिनहुँजसो विरोध प्रर्दशन गर्ने गर्दछन् ।

गत सन् २००९ को मे महिनामा सरकारले विद्रोही तामील टाइगर्सलाई पराजीत गरेपछी २६ वर्षे गृहयुद्ध अन्त्य भएको र त्यस अवधीमा झण्डै एक लाख मानिस मारिएको तथा २० हजार तामिल हराइरहेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button