तपाईँ सुन्दै हुनुहुन्छः

जेपी नड्डा भाजापा अध्यक्षमा चयन

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजापा)को नेतृत्व जगत प्रकाश नड्डन (जेपी) ले सम्हानु भएको छ ।
सोमबार निर्वतमान अध्यक्ष अमित शाहले नड्डालाई भाजपाको अध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो ।

कार्यकाल बाँकी रहे पनि गृहमन्त्री भएसँगै अमित शाहले पार्टी नेतृत्व छाड्नुभएको थियो । भाजपामा एक व्यक्ति, एक पदको व्यवस्था भएकाले शाहले पार्टीको नेतृत्व छोड्नुभएको हो ।

नड्डा अध्यक्ष बन्नुभएकोमा दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले शुभकामना दिनुभएको छ । राजदूत आचार्यले नड्डाको कार्यकालमा नेपाल–भारत सम्बन्ध थब बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button