२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मृतक पर्यटकको सनाखत

रेडियो नेपाल २०७६ माघ ७ गते १३:५५

मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।
रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिनुभयो ।
नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए उहाँहरु लाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो ।
पोखराबाट सोमबार साँझ उहाँहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

३ घन्टा अगाडि भुवनप्रसाद आचार्य