तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी झापा मेचीनगर निवासी बुढाथोकी निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । एकसठ्ठी वर्षीय बुढाथोकीको यही माघ ५ गते झापामा निधन भएको थियो ।
पार्टीका पूर्व क्षेत्रीय प्रतिनिधि रहनुभएका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button