तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसंघः सुडानी विद्रोहीहरु डार्फरमा शान्तिका लागि आशावादी

संयुक्त राष्ट्रसंघ– राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो वि’द्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुकहरू डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस सम’स्याग्रस्त पश्चिमी क्षेत्रमा सु’रक्षा ख’तराका घ’टनाहरूमा बृद्धि भएका छन् । यहाँ स्थानीय किसानहरू र गाईवस्तु चराउने गो’ठालाहरूबीच ब’लात्कारदेखि झ’डपका घ’टनाहरुमा वृद्धि भएको छ ।

विज्ञहरुले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सोमबार बुझाएको प्रतिवेदनमा वि’द्रोही ल’डाकूहरुले नागरिकमाथि आ’क्रम’ण गरेका, हिं’सात्मक प्रदर्शन हुने गरेको तथा वर्षौंदेखि वि’स्थापित भएर डार्फरबासीले आ’श्रय लिइरहेका ठूला शिविरहरूमा त’नाव बढेको उल्लेख छ । प्रतिवेदनमा अब्दुल वाहिद एलनूरको नेतृत्वमा रहेको सुडान लिबरेशन आर्मीको समूह र सरकारी फौ’जबीच भिडन्त पनि भइरहेको उल्लेख छ ।

सुडानको अरब–समर्थित सरकारले जातीय वि’भेद गरेको आरोप लगाउँदै डार्फरमा सन् २००३ मा द्व’न्द्व शुरु भएको थियो । द्व’न्द्वको शान्तिपूर्ण समाधान गर्नुको साटो सुडान सरकारले स्थानीय घुमन्ते अरबी जनजातिलाई शस्त्र दिएर मुलुकलाई यु’द्धतर्फ धकेलेको आ’रोप लाग्ने गरेको छ, तर सुडान सरकारले यसलाई निरन्तर अ’स्वीकार गरिरहेको छ । गत अप्रिलमा एउटा जनवि’द्रोहले राष्ट्रपति ओमर अल–बसिरलाई झन्डै तीन दशकपछि स’त्ताच्यूत गरेको थियो ।

बसिरको पतनसँगै अहिले सैन्य–नागरिक सरकारले सुडानलाई प्रजातन्त्रको नाजुक मार्गबाट अघि बढाउँदै लगेको छ । तर एन्नूरको वि’द्रोही समूह र त्यसका समर्थकहरूले सं’क्रम’णकालीन सरकारले क्रान्तिलाई अ’पहरण गरेको आ’रोप लगाएका छन् ।

संक्र’मणकालीन सरकारको एउटा प्रमुख प्राथमिकतामा सुडानको सुदूरपश्चिमका डार्फर समेतका प्रान्तहरुमा फै’लिएका वि’द्रोहहरुको अ’न्त्य गर्नु रहेको छ र गत अक्टोबरदेखि वि’द्रोही समूहहरूसँग सरकारले शान्ति वा’र्ता गरिरहेको छ ।

मानव अधिकार सम्बन्धी एउटा महत्वपूर्ण मु’द्दाका सम्बन्धमा विशेषज्ञहरूको प्यानलले दिएको प्रतिवेदनमा भनिएको छ, “सन् २०१९ को मार्चदेखि डिसेम्बरको अवधिमा आन्तरिक विस्थापित व्यक्तिहरूका लागि बनाइएका शिविर नजिकै महिला र बालबालिकामाथि ब’लात्कार र शा’रीरिक हिं’साका घ’टनाहरू नियमित रुपमा हुने गरेको विश्वासिला स्रोतहरुले बताएका छन् ।”

पीडितहरूले यी अपराधीहरूमा स’शस्त्र वि’द्रोही समूहमा आ’बद्ध व्यक्ति र सुडानी सुरक्षाफौजका केही सदस्यहरू रहेको आ’रोप लगाएका छन् । प्रतिवेदनमा अ’पराधमा सं’लग्न धेरैजसो व्यक्तिको पहिचान गरिएको भएपनि उनीहरु पक्राउ नपरेको उल्लेख छ ।

उदाहरणका रुपमा, एउटा घ’टना जुन २८ मा उत्तर डार्फरको तबिट गाउँमा भएको थियो । ऊँटमा सवार तीन व्यक्तिले एक जना पुरुष, एक महिला र दुई किशोरीमाथि आ’क्रमण गरे । प्रतिवेदनमा भनिएको छ, करिब ४० वर्षको हारा’हारीका पुरुष र महिला दुबैलाई कु’टपिट गरियो र लखेटियो, र त्यसपछि दुबै बालिकालाई कु’टपिट गरी ब’लात्कार गरियो ।

एक अर्को घट’नामा रेपिड सपोर्ट फोर्सेजमा आबद्ध ब’र्दीधारी व्यक्तिले ११ र १३ वर्षीया दुई बालिकालाई ब’लात्कार गरेको दुबै बालिकाले आ’रोप लगाउँदै भिडियो नै सार्वजनिक गरेका छन् । यो घ’टना सेन्ट्रल डार्फरको नेर्टिटीमा भएको हो ।

यी व्यक्तिहरूको आ’बद्धता सुडानको जञ्जाविद मिलिसियासँग रहेको खुलेको छ । डार्फर वि’द्रोहका शुरुआती दिनहरुमा यो समूह गाउँहरूमा आ’गो लगाउने, निर्दोशहरुको ह’त्या गर्ने तथा ब’लात्कार गर्ने कार्यमा सं’लग्न रहेको थियो ।

समितिले भनेको छ कि गोप्य सरकारी स्रोतबाट प्राप्त तथ्याङ्कमा सन् २०१९ को अप्रिलदेखि सेप्टेम्बरबीच ब’लात्कार र यौ’न हिं’साका १२० वटा मु’द्दा दर्ता भएका छन् । यद्यपि सामाजिक अ’वरोधका कारण ब’लात्कारका घ’टना रिपोर्ट नगर्ने प्रवृत्ति यहाँ व्याप्त छ ।

विज्ञहरूले भनेका छन् “घ’टनाहरूको अध्ययनले के स’ङ्केत गरेको भने डार्फरका हरेक झ’गडामा शक्ति हात पार्न ब’लात्कारलाई एक साधनका रुपमा प्रयोग भइरहेको छ ।”

विज्ञहरुको बुझाईमा लिबिया बाहेक सुडानका अन्य छिमेकी मुलुकहरू डार्फर समेतमा शान्ति प्रक्रियालाई गतिदिन अहिले निकै सकारात्मक र अनुकूल अवस्था सिर्जना भएको छ ।

विज्ञहरूको भनाईमा लिबियामा सुडानी वि’द्रोही समूह रेपिड सपोर्ट फोर्सको उपस्थितिको कुनै विश्वसनीय प्रमाण छैन । लिबिया र अन्य मिडियाले सुडानी रेपिड फोर्स लिबियामा सक्रिय रहेको दा’बी गर्दै आएका छन् । (रासस-एपी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button