तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिकः नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा

रासस । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापान मा राख्ने भएको छ ।

उक्त सम्बन्धमा नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफ ले सोमबार हस्ताक्षर गर्नुभएको जनाइएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सहभागितामा भएको सो कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गर्नुभएको हो ।

उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराउनुभयो ।

अध्यक्ष श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गर्नुभएको कमिटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button