तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल र बेल्जियमबीचको लगानी तथा पर्यटन विस्तार प्रतिफलमुखी बनाउन आवश्यक’

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग बेल्जियमका राजकुमारी एस्ट्रिडले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा रक्षा मन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच रहिआएको घनिष्ठ सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो र प्रतिफलमुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले राजकुमारी एस्ट्रिडको नेपाल भ्रमणले भ्रमण वर्ष २०२० मा बेल्जियमका नागरिकले नेपाल भ्रमण गर्ने विश्वस व्यक्त गर्नुभयो ।

युरोपियन युनियनभित्रको एक महत्वपूर्ण राष्ट्र बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको उल्लेख गर्दै रक्षा मन्त्री पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक एवं सामाजिक विकासमा पु¥याएको सहयोगका धन्यवाद व्यक्त गर्नुभयो ।

राजकुमारी एस्ट्रिड अध्यक्ष रहनुभएको बेल्जियमको डमिइन फाउण्डेसनले नेपालका क्षयरोग तथा कुष्ठरोगबाट ग्रस्त बिरामीहरूको स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताको लागि आभार व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले लामो राजनैतिक संक्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भइ मुलुक आर्थिक समृद्धितर्फ अग्रसर भएकाले सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली”को अभियानमा सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा बेल्जियमकी राजकुमारी एस्ट्रिडले नेपालमा हालका दिनमा राजनैतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्वपूर्ण कार्य गरिरहेको गरिरेहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button