तपाईँ सुन्दै हुनुहुन्छः

३ चिनी मिलहरुबाट १६ करोड १४ लाख भुक्तानी

काठमाडौं । उखु किसानको बक्यौता भुक्तानी गर्नको लागि सरकारले माघ ७ गते सम्मको अवधी दिएकोमा विभिन्न ३ चिनी मिलहरुले १६ करोड १४ लाख भुक्तानी गरेका छन ।

यस अवधीमा २१ करोड ४० लाख घुक्तानी दिन बाँकी रहेको महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख भुक्तानी गरेको छ भने अन्नपूर्ण सुगर मिलले ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । त्यस्सै गरी इन्दिरा सुगर मिलले ७४ लाख भुक्तानी गरेको छ ।

अन्नपूर्ण सुगर मिलले ४२ करोड भुक्तानी दिनु पर्ने थियो भने महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाख भन्दा बढी भुक्तानी गर्नुपर्ने थियो ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानहरुको भुक्तानीका सम्बन्धमा मंगलबार मन्त्रालयमा चिनी उद्योगका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

छलफलमा श्रीराम सुगर मिल र महालक्ष्मी सुगर मिलका प्रतिनिधिहरुले बाँकी रहेको बक्यौता छिटटै भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन ।

हाल सम्म विभिन्न चिनी मिलहरुले ७९ करोड ५५ लाख रुपैया किसानलाई भुक्तानी गर्नु पर्नेमा यस अवधीमा धेरै उखु मिलहरुले बक्यौता भुक्तानी गरिसकेका छन भने अब भने ४७ करोड २६ लाख भन्दा बढी भुक्तानी हुन बाँकी रहेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव धुब्र घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button