तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३२ घाइते

धादिङ । धादिङको निलकण्ठ नगरपालिका ८ मैदीमा मिनी ट्रक दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइते ३२ मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button