तपाईँ सुन्दै हुनुहुन्छः

ट्रम्पमाथिको महाअभियोग : डेमोक्रेटिकको प्रस्ताव बहुमतले अस्विकार

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव सुनुवाईको क्रममा अमेरिकी संसदको माथिल्लो सदन सेनेटले उक्त महाअभियोग सम्बन्धि दस्ताबेज प्रमाण प्राप्त गरी पेश गर्न पाउनु पर्ने डेमोक्रेटिक पार्टीको पहललाई अस्विकार गरिदिएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टिको बहुमत रहेको माथिल्लो सदन सेनेटले महाभियोग सम्बन्धी दस्ताबेज र प्रमाण प्राप्त गरी सेनेट समक्ष पेश गर्न पाउनु पर्ने डोमोक्रेटिक पार्टिको तीन पटकसम्मको पहललाई ४७ मत विरुद्घ ५३ मतले खारेज गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पविरुद्ध आगामी राष्ट्रपति निर्वाचन जिन्न युक्रेनको सहायता खाजेको र त्यस क्रममा आफूलाई सहयोग नगरे लाखौं डलरको सैन्य सहायता रोकिदिने भनि पदको दुरुपयोग गरेको आरोप छ ।

ट्रम्पले डेमोक्र्याटिक दलबाट आफूलाई कडा टक्कर दिने उम्मेदवार जो बाइडनलाई निषेध गर्न उहाँलाई युक्रेनमा भ्रष्ट्राचार मुद्दा लगाउन युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको फोन संवाद बाहिरिएको थियो । उक्त महाभियोग संसदको तल्लो सदनबाट भने पारित भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button