तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर

मकवानपुर । मकवानपुरमा मंगलबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा १९ बस्ने २१ बर्षीय सुनिल स्यान्ताङको मुत्यु भएको हो ।

हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसंग ठक्कर खाँदा मोटरसाइकल चालक स्यान्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुनिलको उपचारको क्रममा हेटौडा अस्पताल तर्फ ल्याउदै गर्दा बाटोमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी ९ रजैया बस्ने १८ बर्षीय साजन भोल्न घाइते भएको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिह राठोरले जानकारी दिनुभयो । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button