तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग: आज तेस्रो स्थानको मछिन्द्र र छैटौं स्थानमा रहेको पुलिसबीच खेल हुंदै

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज एक खेल हुदैछ । आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिसबीच खेल हुने छ ।

खेल दरशर रंगशालामा दिउँसो तीन बजे शुरु हुने छ । अहिलेसम्म लीगमा मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । भने ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ ।

गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ । यता ३ जित, २ बराबरी र २ हारको नतिजा निकालेको पुलिस तालिकाको छैटौ स्थानमा छ ।

पुलिसविरुद्ध जित हात पार्दै मछिन्द्रलाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ । यस्तै मछिन्द्रलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button