तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा ५० केजी अवैद्य गाँजा बरामद

उदयपुर । ठूलो परिमाणमा अवैद्य लागूऔषध गाँजा उदयपुरमा बरामद गरिएको छ । गाँजा तस्करी भईरहेको गोप्य सुचनाको आधारमा मंगलबार सशस्त्र प्रहरीको गस्ति टोलीले गाँजा बरामद गरेका हुन् ।

बरामद गाँजा उदयपुरगढी गाउँपालिका– ७ कोल्टेबाट बरामद गरिएको पत्रकार सम्मेलनमार्फत सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले बताउनुभयो ।

एसपी राईका अनुसार उदयपुरबाट सप्तरीतर्फ दुईवटा बोरामा लादै गरेको ५० के.जी. गाँजा बरामद गरिएको हो । चार÷पाँच जनाको समूहमा रहेका गाँजा तस्करीहरुले सशस्त्रको गस्ति टोलीलाई देखेपछि लादै गरेको गाँजा छोडेर फरार भएको थियो ।

बरामद गाँजा सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणमा कार्यरत असई गोबिन्द आचार्यको कमाण्डमा बरामद भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button