तपाईँ सुन्दै हुनुहुन्छः

छ महिनामा चार करोड सात लाखभन्दा बढीको तस्करी सामान बरामद

बीरगंज । बीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले चालु आर्थिक वर्षको ६ महिनामा चार करोड सात लाखभन्दा बढीको तस्करीको सामान बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार राजश्व गस्ती गुल्मको एरिया पर्ने पर्सा र बाराका सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्रयाइएको चार करोड सात लाख २१ हजार सात सय ७६ रुपैया बराबरको विभिन्न समानहरु बरामद गरिएको भन्सार गस्ती सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनुभयो ।

चेकजाँचको क्रममा सशस्त्र प्रहरीले चोरीका दुई करोड ३९ लाख ९७ हजार रुपैया मुल्य बराबरका मोटर साईकल, जिप कार भ्यानलगायत विभिन्न सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको समेत खत्रीले बताउनुभयो ।

सो अवधिमा सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी भित्रयाइएको भारतीय कपडा, हार्डवेयरका सामान, मोवाईल, कम्प्युटरलगायत इलेक्ट्रिक समान बरामद गरेको खत्रीले जानकारी दिनुभयो ।

सो अवधिमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्रयाउन लागिएको श्रोत नखुलेको ३६ लाख ३३ हजार पच्चीस रुपँैयासहित सात जना हुण्डीका कारोवारीलाई समेत पक्राउ गरेको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button