तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी अभावमा गुठी संस्थानको काम प्रभावित

बीरगंज । गुठी संस्थानको क्षेत्रिय कार्यालय बीरगन्जमा लामो समयदेखि कर्मचारी अभाव हुँदा काम प्रभावित भएको छ ।

नौ जना कर्मचारीको दरबन्दी रहेको गुठी संस्थानमा अहिले पाँच जना मात्र कर्मचारी रहेको र ति मध्ये तनि जना करारमा नियुक्त गरिएको जनाईएको छ ।

बारा, पर्सा र रौतहटका गुठी तथा सार्वजनिक जग्गा हेर्ने एकमात्र संस्थानको जर्जरअवस्थाले यस क्षेत्रका अर्वौको सरकारी सम्पति भूमाफियाहरुले कब्जा जमाउदै आएका छन् ।

गुठी संस्थानमा कार्यालय प्रमुख, बरिष्ठ सहायक, बरिष्ठ लेखा सहायक र बरिष्ठ कार्यालय सहायक, दुई कार्यालय सहायक र तीन कार्यालय सहयोगीको दरबन्दी छ ।

कार्यालय प्रमुख चूडामणि घिमिरे र कार्यालय सहयोगी नारायण यादवको मात्र स्थायी दरबन्दी रहेको र वरिष्ठ लेखा सहायक अम्बिका जैसवाल र दुई कार्यालय सहयोगी करारमा राखिएको छ । कर्मचारी अभावमा काम गर्न निकै गाह्रो परेको शाखा प्रमुख घिमिरे बताउनुभयो ।

गुठी संस्थान बीरगंजले तीन जिल्लाका सेवाग्राहीको मोही नामसारी, मालपोत र कुतबाली असुलीसँगै अन्य सरोकारवाला कार्यालय एवम् निकायलाई पत्राचारसमेत गर्नु पर्ने कार्य तोकिएको छ । तर कर्मचारी अभावमा सरकारी सम्पतिको हानी नोक्सानी पुगे नपुगेको बारेमा तिन जिल्लामा पुगेर स्थलगत अध्ययन समेत गर्न नसक्ने अवस्थामा संस्थान रहेको छ । कार्यालयमा सवारी साधनसमेत नरहेको घिमिरेले बताउनुभयो ।

हाल कार्यालयमा एउटा थोत्रो मोटरसाइकल मात्र रहेको त्यो पनि बिग्रिएर थन्किएको घिमिरेले गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button