तपाईँ सुन्दै हुनुहुन्छः

बक्यौता भुक्तानीको समस्या समाधान गर्न समिति गठन

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले ऊखु किसानहरुको बक्यौता भुक्तानीको समस्या स्थायी रुपमा समाधान गर्न सरकारले मन्त्रालयमा समिति गठन गरी अध्ययन अघि बढाएको जनाएको छ ।

मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले ऊखु किसानहरुको बक्यौताको समस्या प्रतेक बर्ष देखा पर्न थालेकोले किसान र उद्योगीलाई समेत कुनै पनि मर्का नपर्ने गरी समस्याको समाधान गर्न मन्त्रालय लागी परेको बताउनु भयो ।

उहाँले ऊखु किसानहरुको बक्यौता नबुझाउने चिनिमिलहरु मध्ये अन्नपूर्ण, इन्दिरा तथा लुम्बिनीको वित्तीय कारोवार रोक्का गर्ने लगायतका कार्वाहीको प्रक्रिया अघि बढाएको बताउनु भयो ।

पत्रकार सममेलनमा हालसम्म ऊखु किसानहरुको बक्यौता मध्ये ८० प्रतिशत भुक्तानी भइसकेको र ५ वटा चिनि मिलले सबै बक्यौता भुक्तानी गरिसकेको जनकारी गराइयो हाल नेपालमा १४ उखु मिलहरु सञ्चालनमा रहेका छन ।

सबै भन्दा बढी बक्यौता २६ करोड ७७ लाख तिर्न बाँकि रहेको श्रीराम सुगर मिलले भने जग्गा बेचेर किसानहरुको बक्यौता तिर्ने सहमती किसानहरुसँग गरेकोले जग्गा बिक्रिको प्रकृया अघि बढाउन भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको पनि पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उखु किसानको बक्यौता भुक्तानी गर्नको लागि सरकारले माघ ७ गते सम्मको अवधी दिएकोमा मंगलवार सम्ममा विभिन्न ३ चिनि मिलहरुले १६ करोड १४ लाख भुक्तानी गरेका छन ।

यस अवधीमा २१ करोड ४० लाख घुक्तानी दिन बाँकी रहेको महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख भुक्तानी गरेको छ भने अन्नपूर्ण सुगर मिलले ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । त्यस्सै गरी इन्दिरा सुगर मिलले ७४ लाख भुक्तानी गरेको छ ।

ऊखु किसानहरुलाई अन्नपूर्ण सुगर मिलले ४२ करोड भुक्तानी दिनु पर्ने थियो भने महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाख भन्दा बढी भुक्तानी गर्नुृ पर्ने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button