तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको प्रकोप बढ्दै

काठमाडौं।चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि उक्त भाइरसको संक्रमण सुरु भएको उहान शहरमा केहि दिनका लागी सार्वजनिक यातायात बन्द गरिएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसका कारण हुने निमोनियाबाट हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५०० जना संक्रमित भएका छन् ।

अधिकारीहरूले आउँदो चिनियाँ नयाँ वर्षका लागी ९० लाख जनसंख्या रहेको उहान शहर नछाड्न स्थानीयलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button