तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा मोटरसाईकल दुर्घटना : एककोे मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर २ महांकाल चोक दुवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

तीब्र गतिमा रहेको बा ६७ प ४८७१ नम्वरको मोटरसाईकल सडक छेउमा रहेको खम्वामा एक्कासी ठोकिंदा सिन्धुली घर भई दुवाकोटमा बस्दै आएका गणेश बयलकोटीको मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ ।

ईंटा उद्योगमा हेल्परको काम गर्दै आएका २० बर्षे बयलकोटीलाई दुर्घटना पछि दुवाकोट स्थित केएसी अस्पतालमा पुर्याएकोमा अस्पतालले बयलकोटीलाई मृत घोषणा गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button