तपाईँ सुन्दै हुनुहुन्छः

ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन्।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लब आमनेसामने हुँदैछन्।

यस्तोमा थ्री स्टार आजको खेलमा जित हात पार्दै अंकतालिकामा माथि उक्लने दाउमा छ।

७ खेलबाट ११ अंक बटुलेको थ्री स्टार अंकतालिकाको पाँचौं स्थानमा छ। उसले ३ जित र २ बराबरी खेलेको छ।

आजको खेलमा विजयी भए थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ।

अघिल्लो खेलमा मछिन्द्र क्लबलाई पराजित गरेको हिमालयन शेर्पा त्यसलाई निरन्तरता दिने योजनामा छ। शेर्पाले मछिन्द्रमाथि २–० को जित हात पारेको थियो।

अंकतालिकामा ७ अंकसहित हिमालयन शेर्पा ११ औं स्थानमा छ। थ्री स्टारमाथि जित निकाल्न सके हिमालयन शेर्पा सातौं स्थानमा पुग्नेछ।

दिउँसो ३ बजे जावलाखेल युथले विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तोमा दुवै टोली जित हात पार्ने दाउमा हुनेछन्।

जाउलाखेल ७ खेलबाट २ जित र ३ बराबरीसहित ९ अंकसहित आठौं स्थानमा छ। एपीएफलाई पराजित गरेमा जावलाखेल पाँचौं स्थानमा पुग्नेछ।

७ खेलबाट ४ अंकमात्रै बटुल्न सकेको एपीएफ पुछारबाट दोस्रो (तेह्रौं) स्थानमा छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button