तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल र टेलिभिजन बालबालिकाका लागि अभिशाप

काठमाडौँ । व्लुहे्रन इन्टरनेश्नल स्कुल कलंकीमा अध्ययनरत ११ वर्षकी छात्रा उपमा सुवेदी ह्वाइटबोर्डमा शिक्षकले लेखेको अक्षर नदेखेपछि अभिभावकका साथ आँखा जचाउन अस्पताल जानुभयो । फुर्सद भयो कि टेलिभिजन र मोवाइल हेने गर्नुभएकी उपमा अस्पतालमा जाँच गरेपछि मोवाइल टेलिभिजन हेर्न नहुने रहेछ भन्नुहुन्छ । उहाँलाई सुरुमा गुरुले ह्वाइट बोर्डमा लेखेको अक्षर देख्न समस्या पर्यो । यो समस्या उहाँले घरमा ममीलाई भन्नुभयो र जचाउदा आँखा सुख्खा भएको थाहा पाउनुभयो ।

पछिल्लो समय बाल बालिकालाई अभिभावकले नै टेलिभिजन र मोवाइल हेर्न दिने गरेका छन् । काठमाडौँ डिल्लीबजार निवासी नेत्र लिंम्बुले पनि आफ्नो चार वर्षकी छोरीले आँखा मिच्न थालेपछि समस्या थाहा पाउनुभयो । उहाँ दीर्धकालीन असरबारे जाँन्दाजाँन्दै पनि एकैछिन् भुलाउन टेलिभिजन र मोवाइल हेर्न दिँदा समस्या परेको बताउनुहुन्छ ।

त्रिपुरेश्वर आँखा अस्पताल बाल शाखाकी डाक्टर सुजाता भण्डारी परिवारमा थोरै संख्या हुने र बालबालिकालाई भुल्लाउन मोवाइल र टेलिभिजन हेर्न दिँदा आँखाको समस्या बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ नजिकबाट स्कीनमा हेर्दा आँखालाई धेरै असर गर्छ । पछि गएर आँखाको दृष्टि नै पनि जान सक्छ ।’

किताब पढ्नुपर्ने स्कुले बालबालिकाले बढी मात्रामा मोवाइल र टेलिभिजनमा हेर्दा आँखामा आँसुको मात्रा सुकेर सुख्खा हुन थाल्छ । जसले गर्दा आँखा कमजोर हुन्छ र पछि गएर आँखै नदेख्ने समस्या समेत आउन सक्ने चिकित्सकहरु बताउँछन् ।

बालबालिकामा आँखा हेर्न असजिलो हुने टाढा नदेख्ने र आँसु आउने जस्ता समस्या बढपछि विद्यालयका शिक्षकहरु आफ्ना बिद्यालयमा शिबिर गरिदिन आखा अस्पताल धाउन थालेका छन् । त्रिपुरेशवर आँखा अस्पतालले वरिपरिका विद्यालयहरुमा गएर शिबिर सञ्चालन गर्दै आएको छ । सामान्य समस्या भेटिए औषधी दिने र जटिल समस्या देखिए अस्पतालमा बोलाएर उपचार गरिदिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घले बताउनुहुन्छ ।

दिनुहुँजसो आँखा सुख्खा भएर नदेख्ने समस्या लिएर आउने बालबलिका बढेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनमा ५० देखि ६० जना बालबालिका आँखा जचाउन आउँछन् । त्यसमध्ये आधाजति त आँखा सुख्खा हुने समस्या भएका बालबालिका हुने गरेको अस्पतालले जनाएको छ ।

आजकल मोवाइल हरेको व्यक्तिको हातमा हुन्छ भने हरेक घरमा टेलिभिजन पनि हुने गरेको छ । मोवाइल टेलिभिजन जस्ता प्रविधिको सदुपयोग गर्न सके बालबालिकाले धेरै कुरा सिक्न सक्छन् भने अनावश्यक प्रयोगले बालबालिकामा दीर्धकालीन असर पुर्याउन सक्ने हुँदा अभिभावकहरुले बेलैमा सोच्न ढिला भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button