तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई समृद्धिको यात्रामा अगाडी बढाउने दायित्व सबैको :  पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर

बीरगंज । पूर्व राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्र गणतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धिको यात्रामा अगाडी बढाउने दायित्व सम्पुर्ण नेपालीको भएको कुरामा जोड दिनु भएको छ ।

वीरगन्जको पिपरामा रहेको नरसिंह माध्यमिक विद्यालयमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले राणा शासन, राजतन्त्र विरुद्धको आन्दोलनपछि मुलुक लोकतन्त्रान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको हुँदा अब समृद्धिको यात्रामा सबै राजनीतिक दल, वर्ग, समुदाय जुटनु पर्ने बताउनुभयो ।

उहाँले जनताको लामो समयको त्याग र बलिदानीबाट मुलुकले गणतान्त्रिक संविधान पाएको र सो संविधान प्रति केही असुन्तुष्टि देखिएको बताउदै त्यसलाई समाधान गर्दै जानु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विधिको शासन नै लोकतन्त्र मुल मर्म भएको बताउदै शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा अगाडि बढनको लागि सरकारको मुख मात्र ताकेर नबस्न सबैलाई आग्रह गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले शिक्षक, बिद्यार्थी, अभिभावक, चिकित्सक सम्पुर्ण समुदाय मिलेर शिक्षा स्वास्थ्यलाई अगाडी बढाउनुपर्ने कुरामा जोड दिदै वातावरणको संरक्षणमा ध्यान नदिए केही बर्षमै तराई मधेश मरुभूमिमा परिणत हुने बताउनुभयो ।

उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सरकारले सफल रुपमा कार्यान्वयन गर्नु कुरामा जोड दिदै जथाभावी वन सम्पदाको दोहनले तराई मधेसको भविष्य बिग्रिदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button