तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एकजनाको मृत्यु 

बाजुरा  । जिल्लाकाे गाैमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाैमुल गाउँपालिका वडा १ दुर्गालि घर भएका अन्दाजी ५३ वर्षका झिर्के राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताएका छन् ।
प्रहरी प्रमुख भट्टराईका अनुसार घटना विहान ९:००  बजे भएकाे भएपनि प्रहरीलाई दिउसाे १ :०० बजे मात्रै जानकारी भएकाे हाे ।
घटनास्थल तर्फ ईलाका प्रहरी कार्यालय गाैमुलबाट प्रहरीकाे टाेली गएकाे छ ।मृतककाे पाेष्टमार्टम जिल्ला अस्पताल बाजुरामा गरिने प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button