तपाईँ सुन्दै हुनुहुन्छः

घरघरमा खानेपानी आएपछि स्थानीय दंग

सल्यान । खानेपानीको तिब्र समस्या झेली रहेका सल्यान उनवाङका ७४ घरपरिवार लिफ्ट प्रणालीमार्फत खानेपानीको सुविधा पाएपछि खुशी भएका छन ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङमा सोलार पम्पीङ खानेपानी योजना सञ्चालन भएपछि उनीहरु खुसी भएका हुन ।

अहिलेसम्म खानेपानीको जोहो गर्दैमा समय बितेको गुनासो गर्ने उनवाङ निवासी पानसरी दमाईले बस्तीभन्दा धेरै तलको पानी माथी तानेर खान पाईने भएपछि निकै हर्षित भएको बताउनुभयो ।

खानेपानीको निकै समस्या भोगेका उपभोक्ताहरुले स्वस्फुर्त रुपमा ७५ दिन ३८ लाख ८५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिनुभयो ।

यस अघि गाउँलेहरुलाई आधा घण्टादेखि एक घण्टासम्म समय लगाएर गाग्रीमा डाठै उकालीमा पानी बोक्नुपर्ने बाध्यता थियो । स्थानीय डिलसरी रावतले अब आफु र आफु पछाडीका सन्तानले खानेपानीका लागि दुख व्यहोर्न नपर्ने भयो भन्दै खुसि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button