तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर ५ मा प्रदेश सांसदको ८६, स्थानीय तहको दुई सय १७ मत खस्यो

घोराही । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा दुई जना मतदाता सहभागी भएनन् । बाँकी तीन सय तीन जनाले मतदान गरेका छन् ।

प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । बिपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएकोले र बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीबास्तव बिरामी कारण मतदान गर्न सहभागी हुन नसक्नुभएको हो ।

उपाध्यक्ष श्रीबास्तव बिरामी भएर भारतको लखनउमा उपचार गरेर घरमै आराम गरिरहनुभएको छ । प्रदेशका ८६ जना प्रदेश सांसदले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख एवं उपप्रमुख दुई १७ जनाले मतदान गरेका हुन् ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य करिव पौने ३ः०० बजे सकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button