तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमबाट ६१ लाख बढीको दुध बिक्री

फाइल तस्बिर

रुकुम । नागरिक दुग्ध सहकारी संस्था लिमिटेड मुसीकोट नगरपालिका–४, रुकुम पश्चिमले सहकारी स्थापना भएर काम शुरु गरेदेखि हालसम्म ६१ लाख बढीको दुध तथा दुधजन्य बस्तु बिक्री गरेको छ ।

सहकारीले दुध खरिद र बिक्री शुरु गरेदेखि हालसम्म ६१ लाख चार हजार तीन सय ५४ रुपँैयाको दुध बिक्री गरेको सहकारीका अध्यक्ष धिरण शेर्पालीले बताउनुभयो ।

उहाँका अनुसार एक लाख ३७ हजार दुई सय सात लिटर दुध बिक्री गरिएको छ ।

सहकारीले २०७५ पौष २५ गतेदेखि दुध खरिद र विक्री गर्न सुरु गरेको थियो । सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मा सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेर गाउँ गाउँबाट दुध खरिद गरी बिक्री गर्दै आइरहेको छ ।

यही सहकारीले नै जिल्लाको दुध पहिलो पटक जिल्ला बाहिर विक्री गर्न थालेको छ । दुग्ध चिस्यान केन्द्र स्थापना गर्न कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ७९ लाख ९९ हजार नौ सय ५० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button