तपाईँ सुन्दै हुनुहुन्छः

मानव मलमूत्र फोहोर प्रशोधन केन्द्र सञ्चालनमा

रोहित काफ्ले, झापा । झापाको काँकरभिट्टा र दुहागढीमा निर्माण गरिएको मानव मलमूत्र फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको प्रशोधन केन्द्र खानेपानी मन्त्रालय अन्तर्गतको साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा झापामा सञ्चालन गरेको हो ।

मेचीनगर–७ काँकरभिट्टामा रहेको केन्द्रले दैनिक १२ घनमिटर र मेचीनगर दुहागढीको केन्द्रले दैनिक २७ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गरी कृषि बालीमा प्रयोग गर्न मिल्ने प्राङ्गारिक मल बनाउनेछ ।

मानव मलमूत्र फोहोर प्रशोधन गर्न सक्ने बायोग्याँस डाइजेस्टर र ठोस पदार्थलाई सुकाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइ प्रशोधन केन्द्रमा निर्माण गरिएको छ ।

दुवै प्रशोधन केन्द्र सङ्घीय सरकारको ८५ प्रतिशत र नगरपालिकाहरुको १५ प्रतिशत लगानीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button