तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचनमा ९९.२२ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आज भएको निर्वाचनमा ९९.२२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दुई हजार ५६ मतदाता रहेकोमा १६ मतदाता अनुपस्थित रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तहबाट एक हजार पाँच सय छ मतदाता रहेकोमा ११ अनुपस्थित रहेको र प्रदेश सभाबाट पाँच सय ५० मतदाता रहेकोमा पाँच जना मतदाता अनुपस्थित रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

निर्वाचन सकिए लगत्तै मतगणना कार्य शुरु भएको र अवको दुई घण्टा भित्रमा सबै मत परिणाम आइसक्ने आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउनु हुने सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिलगायत आमनागरिकलाई निर्वाचन आयोगले आभार प्रकट गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button