तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ बाट राष्ट्रिय सभाको सदस्यमा महिलामा  घिमिरे निर्वाचित 

दाङ  – म राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित हुनुभएको हो ।

उहाँ पाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याउनुभएको छ । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button