तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपाका शर्मा र बिसी निर्वाचित

फाइल तस्बिर

सुर्खेत । राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित हुनु भएको छ ।

कुल खसेको मतभार मध्ये मायाप्रसाद शर्माले तीन हजार छ सय ४८ प्राप्त गरेर विजयी भएका हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मतभार प्राप्त गर्नु भएको हो ।

त्यस्तै नेकपाका सुमित्रा बिसीले तीन हजार छ सय ८४ मतभार प्राप्त गरेर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश कुमारी बस्नेतले एक हजार २६ मतभारमै चित्त बुझाउनु परेको हो ।

आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कर्णाली प्रदेशमा ९८.४८ प्रतिशत मत खसेको थियो । प्रमुख निर्वाचन अधिकृत राजेन्द्रकुमार आचार्यका अनुसार कुल एक सय ९८ मतदाता मध्ये एक सय ९५ ले मतदानमा सहभागिता जनाएका थिए भने तीन जना मतदाता मतदानमा सहभागि हुन सकेनन् ।

निर्वाचनमा सहभागि हुन नसक्नेमा कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङ रहेका छन् ।

कर्णाली प्रदेश सभाका ४० सदस्यसहित स्थानीय पालिकाका एक सय ५८ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button