तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाका तीनै उम्मेदवार बिजयी

घोराही । प्रदेश नम्बर ५ बाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार बिजयी भएका छन् ।

नेकपाका तर्फबाट अपांग/अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा पाँच हजार चार २४ मतभारसहित बिजयी हुनुभएको छ ।
शर्माका प्रतिष्पर्धी नेपाली काँग्रेसका मेराजअहमद हलवाईले एक हजार नौ सय ८६ मतभार प्राप्त गरेर पराजित हुनुभएको छ । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले चार सय२० मतभार प्राप्त गर्नुभएको छ ।

यस्तै महिलातर्फ नेकपाका तर्फबाट बिमला घिमिरेले पाँच हजार सात सय ७८ मतभार ल्याएर बिजयी हुनुभएको छ भने नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी गिरिजादेबी न्यौपाने दुई हजार एक सय मतभार प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका गोपाल भट्टराई बिजयी हुनुभएको छ । भट्टराईले पाँच हजार तीन सय८२ मत ल्याएर बिजयी हुनुभएको ।

यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका बालकृष्ण पाण्डेले दुइ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णप्रसाद यादवले चार सय ४४ मतभार ल्याउदा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बन्नुभएका शिव पौडेलले एक ५६ मतभार प्राप्त गर्नुभएको थियो । प्रदेश नम्बर ५ मा आठ हजार एक सय मतभार रहको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button