तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा राष्ट्रिय सभा सदस्यमा नेकपा र राजपाको गठबन्धनका चारै जना उम्मेदवार बिजयी

जनकपुरधाम । प्रदेश नंं २ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा तथा राजपाका गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित हुनु भएको छ ।

महिलातर्फ नेकपा–राजपा गठबन्धनका तुलसा कुमारी दाहाल, दलिततर्फ राधेश्याम पासवान तथा खुल्लातर्फ मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक तथा अपाङ्ग तर्फ शेखर कुमार सिंह निर्वाचित हुनु भएको छ ।

महिला तर्फका उम्मेदवार दाहालले पाँच हजार दुई सय आठ अंकभार ल्यायी विजयी हुनु भएको छ भने निकटतम नेपाली काँग्रेस–समाजवादी गठबन्धनका नगिना यादवले चार हजार सात सय४० मत प्राप्त गर्नु भएको छ ।

यसैगरी दलिततर्फ नेकपा–राजपाका गठबन्धनका उम्मेदवार राधेश्याम पासवान पाँच हजार दुई सय ९२ अंकभार ल्यायी विजयी हुनु भएको छ भने उहाँको निकटम नेपाली काँग्रेस–समाजवादीका उम्मेदवार रामप्रित पासवानले चार हजार सात सयचार मत ल्याउनु भएको छ ।

यसैगरी खुल्लातर्फ पनि नेकपा–राजपाका गठबन्धनका उम्मेदवार मृगेन्द कुमार सिंह यादवले पाँच हजार चार सय अंकभार ल्यायी विजयी हुनु भएको छ भने उहाँको निकटतम उम्मेदवार नेपाली काँग्रेस–समाजवादीका उम्मेदवार अविरुद्ध प्रसाद सिंहले चार हजार पाँच सय १२ मत ल्याउनु भएको छ ।

यसैगरी अल्पसंख्यक तथा अपाङ्ग तर्फ नेकपा–राजपा गठबन्धनका उम्मेदवार शेखर कुमार सिंहले जाँच हजार पाँच सय दुई मतभार ल्यायी निर्वाचित हुनु भएको छ भने उहाका निकटतम नेपाली काँग्रेस–समाजवादी पार्टीका उम्मेदवार भोला पजियार ४५१२ मतभार ल्याउनु भएको छ ।

विहान १० बजेवाट शुरु भएको मतदान कार्यक्रम ४ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो
। जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सम्पन्न भएको निर्वाचनमा शतप्रतिशत मतदान खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button