तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई हरहालतमा सफल बनाइ छाड्छौँ : प्रवक्ता श्रेष्ठ

कस्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

ष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि विहिवा साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उहाँले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइछाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरुको विजयले सांसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गर्नुभयो । अर्का नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रियसभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताउनुभयो । प्रदेश कमिटीको सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैंक चोक हुँदै शहीद चोकसम्म विजयी ¥याली निकालेका थिए । नवनिर्वाचित सांसदद्वयले शहीद चोकमा रहेको शहीदस्तम्भमा पुष्प गुच्छा चढाएर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button