तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियामा फालिएका बोतल संकलन गरी विद्यार्थीलाई स्टेशनरी वितरण

कञ्चनपुर । अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँ फालिएका खाली बोतल संकलन गरेर नेपालमा शिक्षा क्षेत्रमा सहयोग गरिरहेका छन् । कलेक्टिङ एण्ड एजुकेट नामक अभियान सञ्चालन गरेर नेपालीहरुले अष्ट्रेलियाका सार्वजनिक क्षेत्रमा फालिएका बोतल संकलन गरेर नेपालमा शिक्षा क्षेत्रमा सहयोग गरेका हुन् । त्यहाँको सरकारले स्वच्छ वातावरण कायम गर्न खाली बोतल संकलन गरेर सरकारलाई बुझाए बाफत रकम दिने घोषणा गरेपछि नेपाली समुदायले अभियान सञ्चालन गरेको पाइन्छ ।
यसैबीच, कलेक्टिङ एण्ड एजुकेट अभियानले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदाली स्थित विपि कोइराला आधारभूत विद्यालयमा स्टेशनरी वितरण गरेको छ । विपन्न, गरिब समुदायका बालबालिकाको शैक्षिक क्षेत्रमा पहुँच पु¥याउने उद्देश्यले उक्त विद्यालयमा स्टेशनरी वितरण गरिएको हो । विद्यालयमा रहेका गरीब, विपन्न, दलित समुदायका बाल विकास र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल वितरण गरेको छ ।
कलेक्टिङ एण्ड एजुकेट संस्थाका कार्यकारी निर्देशक मोहन भट्टले अष्ट्रेलियन सरकारले जथाभावी फालिएका बोतल संकलन गरेपछि एक बोतल बाफत नेपाली ८ रुपैँया दिने घोषणा अनुसार सन् २०१७ देखि नै त्यहाँ बस्ने नेपाली समुदायले अभियान संचालन गरेको बताउनु भयो । आफुहरुको संस्था विशुद्ध सामाजिक अभियान भएकोले कुनै एनजिओ आइएनजिओ नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार भुकम्प गएको सिन्धुपलान्चोक जिल्लाको एक सामुदायिक विद्यालयमा मिस नेपाल अनुष्का श्रेष्ठ मार्फत शिक्षकलाई तलब दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button