तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई घाईते

दैलेख । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । भगवतीमाई गाउँपालिका ४ को मन्घरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका ५ का २० बर्षिय भीमबहादुर वि.क रहेको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कँडेले जानकारी दिनुभयो ।

घाईते हुनेमा भगवतीमाई गाउँपालिका ५ कट्टीका १९ बर्षिय सहचालक ललित वि.क.र सोही ठाउँ निवासी २८ बर्षिय चालक दिपक वि.क रहेको प्रहरीले जनाएको छ ।

घाईतेको टाउको र खुट्टामा चोट लागेको छ । घाईते दुवै जनाको स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भईरहेको छ ।

आज बिहान करीब ८ः३० बजेतिर जाजरकोटको सुयाडादेखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ त ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको कँडेले जानकारी दिनुभयो ।

ट्याक्टर तिव्रगतिका कारण अनियन्त्रित भई सडक भन्दा दुइ सय मिटर तल खसेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button