तपाईँ सुन्दै हुनुहुन्छः

छ हजार घुस रकमसहित पुननिमार्ण प्राधिकरणका कर्मचारी रंगेहात प्रक्राउ

भोजपुर । निमार्ण प्राधिकरण भोजपुरका कर्मचारी छ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुननिमार्ण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

इन्जिनियर तिवारीलाई शुक्रवार छ हजार घुस रकमसहित भोजपुरको प्रधान होटलबाट अख्तीयारले पक्राउ गरेको हो । इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाडा गाउमा रहेको प्रधान होटल एण्ड लजमा घुस रकम लिन पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी स्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button