तपाईँ सुन्दै हुनुहुन्छः

‘भन्सार जाँचपासलाई पेपरलेस प्रणालीमा लगिने’

काठमाडौँ । भन्सार विभागले निकट भविश्यमै भन्सार जाँचपासलाई पेपरलेस प्रणालीमा लगिने जनाएको छ ।

६८औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आज विभागले गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले सबै भन्सारलाई क्यासलेस बनाइ सकिएको र केही समयमा भन्सार जाँचपासलाई पेपरलेस प्रविधिमा लैजाने जानकारी दिनुभयो ।

उहाँले भन्सार चेकजाँच प्रविधिमा आधारित बनाएकाले कर्मचारीको स्वविकेक प्रयोग नहुने हुँदा हरेक काम पारदर्शी बनेको स्पष्ट पार्नुभयो ।

विभागका प्रवक्ता शिशिर घिमिरेले विभाग व्यापार सहजीकरण, यथार्थ राजश्व संकलन र समाजिक सुरक्षामा केन्द्रित भई भन्सार सुधार र आधुनिकीरणमा लागिरहेको जानकारी दिनुभयो ।

विभागले भन्सार जाँचपास रियलटाइममा हुने र ८५ प्रतिसत मालबस्तु भन्सारबाट सोही दिन जाँचपास हुने र भन्सार घोषण गर्न भन्सार विन्दुमै जान नपर्ने व्यवस्था गरिएको जनाएको छ ।

भन्सार विभागमा कर्मचारीको समेत अभाव रहेको र भेहिकल स्क्यानर मेसिन समेत नभएकाले मेसिन खरिद गर्ने तयारीमा रहेको विभागले जनाएको छ ।

विभागले कुल राजश्वको करिब ५० प्रतिसत राजश्व संकलन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button