तपाईँ सुन्दै हुनुहुन्छः

‘युवा लक्षित कार्यक्रमहरू स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि समझदारी’

काठमाडौँ । राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ बीच युवा परिचालन र नेतृत्व विकासका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज काठमाडौँमा  हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माघव ढुंगेल, नेपाल नगरपालिका संघका अध्यक्ष अशोकब्याञ्जु श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपध्याक्ष माधव ढुंगेलले सरकारका युवा लक्षित कार्यक्रमहरू स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि समझदारी केन्द्रीत रहने बताउनुभयो ।

समझदारी पत्रमा उल्लेख भएअनुसार अनुसार रािष्ट्रय युवा परिषद्, नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका राष्ट्रिय महासंघले युवा वर्गमा सकारात्मक सोँच तथा नेतृत्व विकास, युवा उद्यमशीलता, वित्तीय साक्षरता, प्राविधिक तथा सीपमूलक तालिम लयागतका क्षेत्रमा आगामी पाँच वर्षसम्म सहकार्य गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button