तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय क्षेत्रलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय क्षेत्रलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भएको छ ।

सरकारी स्वामित्वको वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकको ५५औ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय क्षेत्रले बैंक स्वयम र राष्ट्रको आर्थिक अवस्थामा सुधार ल्याउन अनुत्पादक क्षेत्रमा लगानी कम गर्दै उत्पादनशील क्षेत्रमा दिर्घकालीन लगानी बढाउनु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय क्षेत्रको अबको ध्यान कर्जाको मात्रा बढाउनेमा भन्दा पनि गुणस्तरीय कर्जा प्रवाहमा जानु पर्ने बताउनु भयो ।

राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमा राम्रो प्रगती गरेको र वित्तिय स्वास्थ्यमा राम्रो सुधार गरेकोमा सन्तोष व्क्त गर्दै अझै पनि बैंक प्रतिस्पर्धी रुपमा अघि बढने ठाँउ रहेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले बैंकहरुले अझै पनि व्यवसाय मिल्नेहरुसँग एक आपसमा मर्ज गरेर अघि बढन सुझाव दिदै बैंकहरु अब संख्यात्मक भन्दा पनि गुणात्मकता तर्फ र सहायक काम भन्दा मुख्य काममा तर्फ अघि बढनु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गत वर्ष भन्दा यस वर्षको पुष मसान्तसम्म बैंकहरुको निक्षेपमा व्याजदर बढेको तथा कर्जामा केही घटेको उल्लेख गर्नु भयो ।

डेपुटी गर्भनर शिवाकोटीले रोजगारी गर्न चाहने युवाहरुले बैंकबाट ऋण लिन थालेको तथा मुलुकमा व्यवसायिक वातावरण क्रमशः विकास हुदै देशका ७ सय ४६ स्थानीय तहमा बैंकको सेवा पुगेको जानकारी गराउनु भयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष निर्मल हरी अधिकारीले बैंकले नयाँ क्षेत्रमा र युवा पुस्ता लीषत गरेर कार्यक्रमहर अघि बढाउने तयारी गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विगत आर्थिक वर्षमा ५ अर्ब ४ करोड नाफा गर्न सफल भएको र बैंकले ७८ करोड ८० लाख सहुलियत कर्जा वितरण गरेको बताउनु भयो ।

बैंकले पहिलो पटक लगानीकर्तालाई १२ प्रतिशत नगद लाभांस दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button