तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ का बारेमा आज अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका नेपालस्थित प्रतिनिधि र नेपाल भ्रमणमा रहेका भारतका पत्रकारसंगको अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले छिमेकी, दक्षिण एशियाली, बिमिस्टेक, जलवायु परिवर्तनले असर पारेका पर्वतीय र सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरिएको बताउनुभयो ।

सगरमाथा संवादको पहिलो संस्करणको शीर्षक ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको जानकारी दिनुहुँदै मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिएको बताउनुभयो ।

सगरमाथा संवाद आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button