तपाईँ सुन्दै हुनुहुन्छः

एक स्थानीय तह, एक नमूना विद्यालयः मन्त्री पोखरेल

हरिश चन्द्र बाग, कञ्चनपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा नमूना विद्यालय स्थापना गर्ने सरकारको नीति रहेको बताउनु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ५, मा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सरकारले ल्याएको नयाँ शिक्षा नीति कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सबैले सकारात्मक सोच विकास गर्नुपर्ने धारणा राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button