तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीमा भूकम्प : १४ जनाको मृत्यु

टर्कीको इलाजिग प्रदेशमा गएको शक्तिशाली भूकम्पकमा परी कम्तिमा पनि १४ जनाको मृत्यू भएको छ भने सयौं घाइते भएका छन् ।

६.८ म्याग्निच्यूडको भूकम्पको कारण त्यहाँका थुर्पै भवनहरु भत्किएका त्यहाँका अधिकारीहरुले बताएका छन् ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर   । स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा  भूकम्प गएको थियो ।

टर्कीको छिमेकी मूलुक सिरिया, लेबनान र इरानमा पनि कम्पन महशुस भएको टर्कीको प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका  छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।

सन् १९९९ मा  टर्कीको पश्चिम सहर जमितमा गएको शक्तिशाली भूकम्पबाट करिब १७ हजारको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button