तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ बर्षीय दील कुमार चौधरीको मृत्यु भएको हो ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

ट्याक्टर सडकबाट २५ मिटर जति तल खसेको बताइएको छ । सतबाँझबाट खोचलेक तर्फ गईरहेको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । ट्याक्टर दुर्घटनामा परेको खबर आज बिहानमात्रै थाहा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button